शनिवारिय काम : भिजन पोलिक्लिनिकमा रक्तदान

शनिवारिय काम : भिजन पोलिक्लिनिकमा रक्तदान

पौष २८ गते यो महिनाकै अन्तिम शनिवार पनि हो त्यसकारण यसको सुखद विदाई एउटा असल र उपयोगी काम गरेर पनि गर्न सकिन्छ । यदि तपाई राजधानी काठमाडौंमा हुनुहुन्छ भने भोली विहान ९ बजेदेखि कोटेश्वरको भाटभटेनीसँगै रहेको भिजन पोलिक्लिनिकको प्राङ्गणमा गएर रक्तदान गर्न सक्नु हुनेछ ।


भिजन पोलिक्लिनिक पूर्णरुपमा सञ्चालनमा आएको अवसरमा सिद्धिक बचत तथा ऋण सहकारी संस्थासमेतको आयोजनामा ‘भिजन मेगा रक्तदान कार्यक्रम’ को आयोजना गरिएको हो । रक्तदान गर्न जादाँ तपाईलाई केहि उपहारहरुको पनि व्यवस्था गरिएको छ । खाजा, जुस, सम्मान पत्र, टिसर्ट, भिजन पोलिक्लिनिकको आजिवन सदस्यता र सिद्धिक बचत तथा ऋण सहकारी संस्थामा खाता खोली रु.५,००० जम्मा गर्दा प्रोत्साहनस्वरुप थप रु.५०० सहकारीबाट हजुरकै खातामा डिपोजिट हुने ।

जुन रगत करिब चार महिनामा आफैं नष्ट हुन्छ र नयाँ बनिराख्ने गर्दछ त्यहि रगतको अभावमा हामी आफु र आफन्तलाई चाहिएको बेला भौतारिने गर्दछौं । त्यसकारण रक्तदानलाई जीवनदान पनि भन्ने गरिन्छ । रक्तदान मानव सेवा र शुभकार्यको एउटा अनुपम उदाहरण पनि हो । रक्तदान गर्न जादाँ आफ्नो स्वास्थ्य अवस्था पनि थाहा हुनेगर्दछ । त्यसमा पनि बहु विशेषज्ञ सेवासहित उच्चस्तरको प्रविधि र अनुभवि डाक्टरहरुको साथमा निरन्तर अगाडि बढिरहेको भिजन पोलिक्लिनिकमा रक्तदान गर्नुको छुट्टै मज्जा पनि छ ।

हालसम्म सबैभन्दा बढी १५० औँ पटक रक्तदान गरेर राष्ट्रिय रेकर्ड बनाइसकेका प्रेमसागर कर्माचार्य एकदम स्वस्थ र फुर्तिलो जीवन बाचिरहेका छन् । उनी भन्छन् ‘रक्तदान गर्दा मलाई आनन्द आउँछ ।’ ‘सामान्य व्यक्तिलाई रक्तदानको महत्व त्यतिखेर मात्र थाहा हुन्छ, जति बेला उनीहरूका आफन्त रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा हुन्छन्, ” कर्माचार्य भन्छन् ।

रक्तदान गर्नु अघि बुझ्नु पर्ने कुरा :
१८ वर्षदेखि ६५ वर्षसम्मको स्वस्थ व्यक्ति हुनुपर्छ ।
तीन महिनाअघि रक्तदान गरेकोले पनि फेरि रक्तदान गर्दा हुन्छ ।
शारीरिक तौल ४५ किलोभन्दा बढी हुनुपर्छ ।                                                                                                                                                    कुनै सरुवा वा गम्भिर रोग लागको हुनुहुन्न ।

नियमित रक्तदानबाट हुने फाइदाहरु :                                                                                                                                                                                                                                नयाँ कोषिकाको निर्माण हुन्छ ।
नियमित रक्तदान गर्दा शरीरमा फलामको मात्रा सन्तुलित रहन्छ ।
नियमित रक्तदानले हृदयाघात हुन दिंदैन ।
रक्तदानले रक्तचाप नियन्त्रित हुनुका साथै कोलेस्ट्रोलमा समेत कमी आउँछ ।
शरीरमा भएको बढी क्यालोरी र बोसो घट्छ ।

प्रतिक्रिया दिनुहोस्