हाइड्रो एक्सपो २०१९ को तयारी अन्तिम चरणमा

हाइड्रो एक्सपो २०१९ को तयारी अन्तिम चरणमा

पुष , २६ काठमान्र्डौँ । आगामि माघ ४ देखि ६ गतेसम्म आयोजना हुन गइरहेको हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० र एक्स्पो एण्ड इभेण्ट मेनेजमेण्ट प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको दोश्रो संस्करणको एक्स्पोको उद्घाटन सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुने तय भएको आयोजकले जनाएका छन ।

काठमाण्डौको भृकुटी मण्डप स्थित प्रदर्शनीस्थलमा आयोजना गरिने कार्यक्रममा सहभागी हुन ८५ भन्दा बढी प्रदर्शकहरुले १ सय भन्दा बढी स्टल बुकिंग समेत गरिसकेको जानकारी आयोजकले दिएका छन ।
जलविद्युतमा हाल बजारमा उपलब्ध नयाँ प्रविधि र निर्माणसंग सम्बन्धित विविध क्षेत्रका साथै जलविद्युत प्रवद्र्धक, इक्युपमेण्टस सप्लायर, लगानीकर्ता, बैंक तथा बीमा कम्पनीको समेत सहभागिता रहने आयोजकले जनाए ।

जलविद्युत् आयोजना निर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसंग सम्बन्धित कम्पनीहरुको अलावा हाल विश्वमा तीव्र रुपमा विस्तार भैरहेको आधुनिक सोलार तथा वायु उर्जा प्रणाली, विद्युतीय सवारी साधन,आधुनिक निर्माण उपकरण, टनेलिंग उपकरण क्षेत्रमा लामो अनुभव तथा गुणस्तरका लागि समेत परिचित भोइथ, इपिरोक माइनिंग इण्डिया, वासरक्राफ्ट, एपीइ पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबा कर्पोरेशन, जेसीबी, हुण्डाई लगायतका स्टल आकर्षणको रुपमा रहने दावी आयोजकको छ ।

जलविद्युत् उत्पादक तथा सम्बद्ध पक्षको जमघटको अलावा विषयगत प्राविधिक सेमीनार कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिसको प्रतिस्पद्र्धा साथै रोबो हाइड्रो प्रतियोगिता र जलविद्युत क्षेत्रका पछिल्लो प्रविधिको प्रदशर्नी पनि एक्स्पोको मूख्य विधागत क्षेत्र रहेका छन ।यस एक्स्पोमा करीब ३०० जना अट्ने हलमा ३५ जना विज्ञको प्रत्यक्ष संलग्नतामा हाइड्रोपावर लगायत स्वदेशी लगानीको परिचालन, विदेशी मुद्रामा हुने कारोवारको जोखिम, नवीकरणीय उर्जा, वातावरणीय तथा सामाजिक व्यवस्थापन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया समेत हुनेछ ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने उद्देश्यले हाइड्रो टुरिजमको समेत विकास गर्न सकियोस भनेर एक्स्पोमा सहभागी भएर जलविद्युत आयोजना अवलोकन गर्न चाहनेलाई हेलिकोप्टर मार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमा निर्माणाधीन तथा निर्माण पूरा भैसकेका आयोजनाहरुको स्थलगत अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । यो करीब २घण्टाको यात्रा रहनेछ भने प्रतिव्यक्ति रु ४० हजार शुल्क लाग्ने अनुमान आयोजकको छ ।

इनर्जी नेपाल म्यागेजिन मिडिया पार्टनरको रुपमा रहेको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजना आयोग र ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयले संरक्षकत्व प्रदान गरेका छन भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यवसायी महासंघ, नेपाल बैंकर्स संघ, जलविद्युत लगानी तथा विकास कम्पनी लि।, तथा कम्युनिटि फर नेप्लिज क्न्ट्रयाक्टर्सले एक्सपोलाई अनुमोदन गरेका छन ।

प्रतिक्रिया दिनुहोस्