हिन्दी भाषा प्रवेश गराएर मैथिली भाषाको हत्या गर्न दिन्नौ : रक्षामन्त्री पोखरेल

हिन्दी भाषा प्रवेश गराएर मैथिली भाषाको हत्या गर्न दिन्नौ : रक्षामन्त्री पोखरेल

आलोक यादव ,पुस २६ सिरहा । नेपाल सरकारका उपप्रधानम तथा रक्षामन्त्री ईश्वर पोखरेल हिन्दी भाषाको प्रवेश गराएर आफ्नै मैथिली भाषाको हत्या गर्न नदिने बताए ।

बुधबार सिरहाको कर्जन्हा–५, बस्तीपुरमा आयोजित किसान नेता जयगोविन्द साहको २९ औँ स्मृति सभालाई सम्वोधन गर्दे मन्त्रीले ‘तराईका धेरै मानिसले मैथिली भाषा बोल्ने र बुझ्ने भएकाले मैथिली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौँ भन्र्नेै भनाई छ ।अहिलेको सरकार परिवर्तन मात्र नभएर संयन्त्रसहितको परिवर्तन भएको बताए । उनले सरकारले फागुन मसान्तभित्र सबै कानुन बनाएर विकास निर्माणका कामलाई तीव्रता दिने बताए ।

मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यान्वयन गर्ने जनाइएको छ । उनले भने, ‘हामीले समाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौँ, त्यो यही सरकारले पुरयाउँछ । मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाँडेर नेपाली नागरिकलाई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताए । उनले भने, ‘अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौँ । सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिकता दिने निर्णय गरिसकेका छौँ । किसान नेता जयगोविन्द साह तत्कालिनको २०४६ साल पुस २५ गते निधन भएको थियो ।

भारतको जयनगरमा निधन भएको उनको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् । सभामा नेकपा क्रान्तिकारी माओवादी बैद्य समूह परित्याग गरि हिरा बहादुरको नेतृत्वमा विजय गुप्ता, सुरेन्द्र साह,उमेश साह,अताबुल मिया, राम देव कारक, शुभ लाल राम , शिवनाथ राम , मोहमद मुल्लाह लगायत ९४ नेता तथा कार्यकर्ताहरु नेकपामा प्रवेश गरेका छन। नव प्रवेशी नेता तथा कार्यकर्ताहरुलाई प्रमुख अतिथि नारायणकाजी श्रेष्ठ प्रकाश र रक्षामन्त्री ईश्वर पोखरेलले अवीर माला लगाई स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्