मानिसहरु जन्मजातै खराब हुन्छन् ?

मानिसहरु जन्मजातै खराब हुन्छन् ?

काठमाण्डौँ – के अरुले भनेजस्तै मानिसहरु जन्मजातै खराब हुन्छन् ? वा उनीहरुलाई समाज वा परिवेशले खराब बनाउने गर्छ ?

यस विषयमा मनोबैज्ञानिकहरुले बषौर्ं देखि विभिन्न अध्ययन अनुसन्धान गर्दै आएका छन् । युनानी दार्शनिक अरस्तूले मानिसले नैतिकताको पाठ जीवनको अनुभवबाट हासिल गर्ने बताउँदै आएका छन् ।

जबकी विश्वचर्चित मनोबैज्ञानिक सिग्मंड फ्रायडले भने बालबालिकाको मनमा चढाइने नैतिकताको भूतले नै उनीहरुको वास्तविकता पहिचान हुने बताएका छन् ।

त्यसो त विभिन्न उपन्यासहरुमा मानिसहरुको खराब प्रवृतिको बारेमा पनि वर्णन गरेको पाइन्छ । वि्रटेनकी राजनितिशास्त्री थोमस हाब्सले भनेका थिए, मानिस प्रवृत्ति जनावरको जस्तो हुन्छ । त्यसलाई नियन्त्रणमा राख्न समाजको नीति नियमको आवश्यकता पर्छ ।

जबकी थोमस हब्सको ठिक विपरित फ्रान्सका दार्शनिक तथा विचारक ज्याङ याक रुसोले भनेका थिए, ‘मानिसहरुलाई नितिनियममा नबाध्ने हो भने उनीहरु विनम्र र अनुशासित रहने गर्छन् ।’

हुन पनि समाजिक संरचना, नितिनियम र धर्मसंस्कारकै कारण मानिस निर्दयी र खराब प्रवृत्तिका बन्छन् । लोभलालच, धनीगरिब बीचको विभेद लगायतका कारण नै कतिपय मानिसमा खराब भावनाले जन्म लिन्छ । परिणामस्वस्प, उनीहरुमा नकारात्मक प्रवृति देखा पर्न थाल्छ ।

यी कुरा आफैमा विरोधाभाष भएका कारण मनोवैज्ञानिकहरु पनि यो कुरा पत्ता लगाउने कोशिशमा रहेका छन् ।

तथापी, मनोबैज्ञानिकहरुले हालैमा गरेको विभिन्न अनुसन्धानबाट के थाहा पाउन सकिन्छ भने मानिसहरु जन्मजात खराब हुँदैनन् । उनीहरुलाई खराब बनाउने भनेको समाजले हो । अन्यथा, कुनै बेलाका कुख्यात रत्नाकर डाकुपछि गएर महषिर् ऋषि कदापी हुँदैनथे होलान् ।

यो कुरा भगवानको रुप मानिने ससाना बालबालिकालाई हेरेर पनि सजिलै अनुमान लगाउन सकिन्छ । बालबालिका भनेका अवोध प्रााणी हुन् । उनीहरुमा कुनै किसिमको छलकपट हुँदैन ।

बीबीसीको एउटा कार्यक्रम ‘बेबीजः द्यर वण्डरफुल वल्र्ड’ ले पनि यो कुरालाई पुष्टि गरिसकेको छ । बीबीसीमा प्रणारण हुने कार्यक्रम ‘बेबीजः द्यर वण्डरफुल वल्र्ड’ मा बालबालिकाको नैतिकतालाई लिएर एउटा अनुसन्धान गरिएको थियो । उक्त कार्यक्रममा बालबालिकालाई एउटा पपेट शो देखाइएको थियो । जसमा तीन किसिमवटा छुट्टा छुट्टै भूमिका थियो ।

जसमा रातो रङ्गको एउटा डल्लोले पहाड चढ्ने कोशिश गरिरहेको थियो भने निलो चौकोश आकारको भूमिकाले भने त्यसलाई रोक्ने कोशिशमा थियो । र, पहेलो रङ्गको त्रिकोणले भने रातो डल्लोलाई पहाड चढ्नमा मद्दत गरिरहेको थियो ।

करिब एक वर्ष हाराहारीका बालबालिकाहरुलाई यो शो हेरेपछि उनीहरुको झुकाव कुन रङ्गको भूमिकामा थियो, भन्नेबारे अध्ययन गरिएको थियो । जसमा उनीहरुले आˆनो झुकाव पहेलो रङ्गको त्रिकोणतिर रहेको र त्यसैसित खेल्न चाहेको प्रतिकि्रया जनाएका थिए ।

यो अनुसन्धानको नतिजा सन् २०१० मा गरिएको अर्को एक अनुसन्धानसित मेल खाएको थियो । अमेरिकाको येल विश्वविद्यालयको कग्निशन सेन्टरले गरेको उक्त अनुसन्धानमा पनि बालबालिकाको झु

झुकाव असल चरित्रको पपेटप्रति रहेको पाइएको थियो ।

र, यही अनुसन्धानका आधारमा विश्वविद्यालयका बैज्ञानिकहरुले बालबालिकाको झुकाव असर व्यवहारतर्फ रहने गरेको निष्कर्ष निकालेको थियो ।

सन् २०१७मा जापानको क्योटो विश्वविद्यालयले गरेको यस्तै अनुन्धानमा पनि बालबालिकाको झुकाव असर आरचणप्रति रहेको पाइएको थियो ।

त्यतिमात्र हैन, उक्त अनुसन्धानमा बालबालिकाको परोपकारलाई प्राथमिकता दिने गरेको पनि पाइएको थियो । हवार्ड विश्वविद्यालयले गरेको ‘विग मदर स्टडी’ले पनि यो कुरा पुष्टि गरेको छ ।

यी अनुसन्धानबारे बालबालिकालाई कुनै जानकारी थिएन । उनीहरुलाई कुनै डर पनि थिएन । जसले गर्दा उनीहरुको वास्तविकता जान्न बल पुगेको थियो ।

यसको मतलव सिग्मण्ड र होब्स गलत थिए भन्ने पक्कै होइन । तथापी, यसबाट के थाहा पाउन सकिन्छ भने बालबालिका सानैदेखि परोपकारी र असल स्वभावका हुन्छन् ।

यद्यपी, आमाबाबुलाई यो निश्चित गर्न जरुरी छ कि उनीहरु गलत साथीसँगीको संगतमा नफसुन् । र, कुतलमा नलागुन् । किनकी मानिस जन्मजात जतिसुकै असल वा खराब भएपनि पछि गएर उनीहरुलाई असल वा खराब बनाउने भनेको समाज, र खराब प्रवृत्तिले नै हो । बीबीसी हिन्दीबाट

प्रतिक्रिया दिनुहोस्