कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउर्ने : नेकपा नेता श्रेष्ठ

कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउर्ने : नेकपा नेता श्रेष्ठ

आलोक यादव , सिरहा, पुस, सिरहाको कर्जन्हा नगरपालिका वडा न. ५ वस्तिपुरमा आयोजित किसान नेता जय गोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता नायारयण काजी श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै संविधान कार्यान्वन गर्दै आवश्यक परे संशोधन नगरे भएपनि मुलुकलाई समृद्ध बनाउनु पर्ने बताएका हुन् ।
नेपाली जनताको भर्ने थालो सरकार भएको भन्दै हामीले सरकारलाई नै संघर्षको मुख्य थलो बनाउनुपर्ने बताए ।
उनले भने, ‘यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यैसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खरावकामहरुको आलोचनात्मक ढंगले विरोध गर्नुपर्ने हुन्छ ।’ नेताहरुविचको मतभेदको कारण सरकार फेरिन्छ भन्ने धेरैलाई लागेको हुनसक्ने बताउँदै नेता श्रेष्ठले सरकार परिवर्तको कुनै सम्भावना नभएको भन्दै प्रधानमन्त्री केपी ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने बताए ।
हाम्रो राष्ट्रिय अखण्डतालाई टुकर्याउन खोज्ने, देशलाई विखण्डन गर्नखोज्ने कुनै पनि तत्व र शक्ति सैह्य नहुने बताए ।
विखण्डनकारी विरुद्ध एकढिक्का बनाउनुपर्ने बताउँदै नेता श्रेष्ठले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने जनाए । स्मृति दिवसरलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले अहिलेको सरकारले कानुन अभावमा धेरैकाम गर्न नसकेको बताए ।
उनले अहिलेको सकारकार सरकार परिवर्तनमात्र नभएर संयन्त्र सहितको परिवर्तन भएको भन्दै हामीलेनै नयाँ कानुन बनाउँदै कामलाई अगाडीद बढाउनुपर्ने भएकाले काम नभएको जस्तोमात्र देखिएको बताए ।
सरकारले फागुन मसान्तभित्र सवै कानुन बनाएर विकास निर्माणका कामलाई तिव्रता दिने बताए । मन्त्री पोखरेलले आफ्नो सरकारले आफ्नो कार्यकालमा चुनावी घोषणापत्रलाई पुरै कार्यानवय गर्ने जनाए । उनलेभने, ‘हामीले समाजिक सुक्षाभत्ता पाँच हजार बनाउने भनेका छौं, त्यो यही सरकारले पुरयाउँछ ।’
सोही क्रममा मन्त्री ईश्वर पोखरेलले कमला सुनकोसी डाइर्भसन र सुकोशी मडिन डाइभर्सनको कामलाई अगाडी बढाएर तराइको उर्वर जमिनमा सिंचाई गरी यहाँको किसानलाई खुसहाली दिने बताए ।
मन्तव्यकै क्रममा मन्त्री पोखरेलले अंगिकृत नागरिकता बाडेर नेपाली जनतालई नै अल्पमतमा पार्ने पक्षमा नरहेको बताए । उनलेभने, अंगिकृत नागरिकताको भेलबाढी बगाएर नेपाली जनतालाई अल्पमतमा पार्न चाहन्नौं, ‘सरकारले विदेशी बुहारीलाई भने अंगिकृत नागरिक्ता दिने निर्णय गरिसकेका छौं ।’
नेपाल बहुजाती, भाषा, धर्म भएको देश भएको भन्दै मन्त्री पोखरेलले हिन्दीभाषाको प्रवेश गराएर आफ्नै मैथली भाषाको हत्या गर्न नदिने बताए । उनलेभने, ‘तराइको धेरै मानिसले मैथली भाषा बोल्ने र बुझ्ने भएकाले मैथली भाषालाई नै सरकारी कामकाजको भाषा बनाउन सकिन्छ, हिन्दी भाषालाई प्रवेश गराएर हामी हाम्रै भाषालाई ‘हलाल’ गर्न दिन्नौं ।’

किसान नेता जयगोविन्द साह तत्कालिनको २०४६ साल पुस २५ गते निधन भएको थियो । भारतको जयनगरमा निधन भएको उनको शव तत्कालिन राजतन्त्रात्मक सरकारले नेपाल ल्याउन समेत दिएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.