साइपाल शीर्ष स्थानमा

साइपाल शीर्ष स्थानमा
g]kfn af:s]6an ;ª3sf] cfof]hgfdf lqk'/]Zj/l:yt /fli6«o v]ns'b kl/ifb -/fv]k_sf] se8{ xndf ePsf] klxnf] blIf0f Pl;ofnL dlxnf af:s]6an k|ltof]lutfdf g]kfn / aªunfb]z aLrsf] v]ndf :sf]/ ub}{ g]kfnL v]nf8L . tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौं,
डिफेन्डिङ च्याम्पियन साइपाल एकेडेमीले तेश्रो बुम महिला बास्केटबल प्रतियोगितामा बुधबार शीर्ष स्थानमा रहँदै राउन्ड रोविन लिग टुंगाएको छ ।
लिगको अन्तिम दिन साइपालले आयोजक एनसीसीएसलाई ६०–४० ले हराउदै पाँच टिम सहभागी प्रतियोगितामा लगातार चौथो जित हात पा¥यो । अपराजित साइपालको जितमा रोशनी श्रेष्ठले १० अंक योगदान गरिन् । एनसीसीएसका लागि तनुजा गुरुङले १६ अंक जोडेपनि जितलाई पर्याप्त भएन ।
पहिलो र दोश्रो क्वाटरमा १४–४ र १३–३ को अग्रता लिएको साइपाल तेश्रोमा १७–२० ले पछि प¥यो । अन्तिम तथा चौथो क्वाटरमा साइपालले १६–१३ को प्रदर्शन ग¥यो ।
अर्को प्रतिस्पर्धामा एनसीसीएससंगै संयुक्त आयोजक रहेको विशाल मिलन केन्द्र (बीएमके) ले काठमाडौं नर्थ पोल क्लबलाई ३२–२० ले हरायो ।
पहिलो क्वाटर ७–७ को बराबरीमा टुंगियो भने दोश्रोमा बीएमकेले ८ अंक जोड्दा नर्थ पोल अंकविहीन बन्यो । तेश्रोमा बीएमके ७–८ ले पछाडि प¥यो भने चौथोमा १०–५ को अग्रता हासिल ग¥यो ।
राउन्ड रोविनको समाप्तिमा शत प्रतिशत जितसाथ साइपाल शीर्ष स्थानमा रहँदा ३ जित र १ हारसाथ समृद्धि गोरिल्लाज दोश्रो भयो । बीएमके (२ जित र २ हार) तेश्रो तथा नर्थ पोल (१ जित र ३ हार) चौथो भए । कुनैपनि खेल नजितेको एनसीसीएस प्रतियोगिताबाट बाहिरिएको छ ।
अब पहिलो स्थानको साइपाल र दोश्रो भएको समृद्धिले फाइनलमा प्रवेशका लागि खेल्ने छन् । यसमा पराजित हुनेले तेश्रो स्थानको बीएमके र चौथो स्थानको नर्थ पोलबीचको विजेतासंग पुनः फाइनल प्रवेशका लागि खेल्न मौका पाउनेछ । प्रतियोगिताअन्तर्गत बिहीबार साइपाल र समृद्धि तथा बीएमके र नर्थ पोलबीच प्रतिस्पर्धा हुनेछ ।

सिर्जना हङकङ जाँदै
गोर्खा ट्रेल ब्लेजर– २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङ जाँदैछिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन् । टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

कराते टोली भारत प्रस्थान
आइमास विश्व कुमुते च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली बुधबार भारतको राजस्थान प्रस्थान गरेको छ ।
जनवरी १० र १३ तारिखसम्म हुने प्रतियोगितामा आर्यन रन्जित र आयुशा तामाङले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा राजेन्द्र कपाली, व्यवस्थापकमा नेपाल ओकिनावा सुरिकेन सोरिनरियो कराते संघका अध्यक्ष सञ्जय रन्जित तथा अफिसियलमा बालकृष्ण श्रेष्ठ र माधवप्रसाद तिम्सिना छन् ।
राकेश श्रेष्ठले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नेछन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले बुधबारै सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालज्यूबाट पाँचौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम ः
मिति ः २०७५ साल पुस २६ गते, बिहीबार ।
समय ः बिहान ११ः३० बजे ।
स्थान ः स्टार भेन्यु पार्टी प्यालेस, नारायण चौर, नक्साल ।

फोटो ः
१ देखि ५. तेश्रो बुम महिला बास्केटबलमा साइपाल (कालो) र एनसीसीएसबीचको खेल ।
६. कराते टोली बिदाइपछि सामूहिक तस्वीर खिचाउदै ।
७. गोर्खा ट्रायल ब्लेजरमा सहभागी हुने सिर्जना राईलाई बिदाइ गर्दै सदस्य–सचिव केशवकुमार विष्ट (दायाँ) ।
८. गोर्खा ट्रायल ब्लेजरमा सहभागी हुने नेपाल टोली बिदाइपछि सदस्य–सचिव केशवकुमार विष्ट (बीच) संग तस्वीर खिचाउदै ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.