हस्तकला महासंघको ३८ औं वार्षिक साधारणसभा भोली, निर्वाचन २८ गते हुने

हस्तकला महासंघको ३८ औं वार्षिक साधारणसभा भोली, निर्वाचन २८ गते हुने

पौष २६, काठमाडौं । नेपाल हस्तकला महासंघको ३८ औं वार्षिक साधारणसभा भोली राजधानीको त्रिपुरेश्वरस्थित ब्लुस्टर इभेन्ट्स भेन्यूमा हुने भएको छ । उपराष्ट्रपति नन्द बहादुर पुनद्धारा उद्घाटन गरिने सो साधारणसभा विहानको ठिक ९ बजेदेखि सुरु हुने् महासंघले जनाएको छ ।

माघ २८ गते महासंघको नयाँ नेतृत्वको लागि सोहि स्थानमा विहान ९ बजेदेखि निर्वाचन समेत हुने कार्यक्रम छ । महासंघको नयाँ कार्यसमितिको लागि हुने निर्वाचनमा मतदान गर्न महासंघद्धारा जारी सदस्यता परिचय पत्र लिएर आउन पनि महासंघले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्