मानव निर्मित ताल कुलेखानी खतरायुक्त

मानव निर्मित ताल कुलेखानी खतरायुक्त

काठमाडौं – नेपालकै सबैभन्दा ठूलो मानव निर्मित ताल कुलेखानी खतरायुक्त भएको भन्दै त्यसको संरक्षण गर्न राष्ट्रिय सभामा आवाज उठेको छ । राष्ट्रिय सभामा बुधबार बोल्दै राष्ट्रिय सभा सदस्य रामनारायण विडारीले तालमा माटोहरु भरिँदै गएको र ड्याम समेत खतरायुक्त रहेको भन्दै यसको संरक्षणमा लाग्नको लागि सरकारसँग आग्रह समेत गरेका छन् ।

उनले भूकम्प पछि थिलो थिलो भएको त्यो ड्याम फुट्यो भने सर्लाही र रौटहट लगायतका तराईका जिल्लाहरु सबै बगाउने भन्दै ड्याम जोगाउन तर्फ समयमा नै सचेत बन्न पनि सरकारलाई उनले सुझाएका छन् । माटो थपिँदै जाँदा पनि त्यो ड्याममाथि खतरा थपिएको पनि विडारीले प्रतिक्रिया दिए ।

त्यस्तै, बज्रबाराही, चित्लाङ। मार्फु भञ्ज्याङ, फाखेल, दामन, पालुङ, टिस्टुङ लगायतको क्षेत्र जलाधार क्षेत्र भएपनि यहाँको रुख विरुवा सबै काटेर सक्न लागिएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.