प्रधानमन्त्री ओलीद्वारा जापानी विदेशमन्त्रीसँग भेटवार्ता

प्रधानमन्त्री ओलीद्वारा जापानी विदेशमन्त्रीसँग भेटवार्ता

पुष , २६ काठमाडौँ । नेपाल भ्रमणमा रहेका जापानका विदेश मन्त्री तारो कोनो सहितको टोलीले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओली र विदेशमन्त्री कोनोबीच दुई देश बीचको आपसी सम्बन्ध र सहयोगका बारे छलफल भएको बताइएको छ । नेपालको विकासका लागि जापानले भविष्यमा पनि आफ्नो सहयोग कायम राख्ने प्रतिवद्धता विदेशमन्त्रीले प्रधानमन्त्रीलाई दिएका थिए ।

हिजो परराष्ट्रमन्त्रीसँग भएको भेटवार्तामा नेपाल र जापानबीच सिधा उडानका लागि सम्झौता भएको थियो ।विदेशमन्त्री कोनोको आज परेको जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले जन्मदिनको शुभकामना सहित पुष्प गुच्छा प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्