आजबाट चितवन महोत्सव सुरु

आजबाट चितवन महोत्सव सुरु

चितवन – उद्योग वाणिज्य संघ चितवनको आयोजनामा आजबाट नारायणी नदीको किनारमा चितवन महोत्सव सुरु भएको छ । महोत्सव शोभायात्राको पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बेलुन उडाएर उद्घाटन गरे ।

महोत्सव परिसरबाट सुरु भएको शोभायात्राले नारायणगढ बजार परिक्रमा गरेको थियो । शोभायात्रामा विभिन्न संघ संस्थाको सहभागिता रहेको थियो । हरेक दुई वर्षमा ‘चितवनको गौरव र गरिमामय प्रस्तुति’ भन्ने मूल नाराका साथ स्थानीय तहसँग मिलेर उद्योग वाणिज्य संघ चितवनले महोत्सवको आयोजना गर्दै आएको छ । यो १२ औँ संस्करण हो ।

महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानका अनुसार महोत्सवका अवधिमा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, सञ्चार, ऊर्जा लगायतका विषयमा विज्ञ झिकाएर राष्ट्रियस्तरको गोष्ठी गरिने छ । महोत्सव स्थलमा दैनिक राष्ट्रिय कलाकारको उपस्थितिमा सांस्कृतिक कार्यक्रम गरिने छ ।

महोत्सव प्रदर्शन व्यवस्थापन समितिका संयोजक चुमनारायण श्रेष्ठका अनुसार चार विदेशीसहित २२ जिल्लाका प्रदर्शकले स्टल राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.