छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

छाउगोठमा आगलागी, आमासहित दुई छोराको मृत्यु

बाजुरा – बाजुराको उत्तरी भेगको बूढीनन्दा नगरपालिका–९ मा छाउगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका– ९ अँगाउपानी बस्ने ३५ वर्षीया अामा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छाेरा रमित बोहरा रहेका छन्।

चिसोको बेला छाउगोठमा आगो ताप्नका लागि बालेको आगो निभाउन बिर्सिदा भएको आगलागीबाट उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक(डीएसपी) उद्धवसिंह भाटले बताए। घटनाको अध्ययनका लागि डीएसपी भाट सहितको प्रहरी टोली घटना स्थलमा खटेकाे छ।

आमासहित दुबै सन्तान ४ दिनदेखि गोठमै सुत्ने गरेका थिए। रूढीवादी परम्पराका कारणा महिनावारी भएको पाँचदेखि सात दिनसम्म यहाँका अधिकांश महिलाहरु छाउगोठमै सुत्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्