जापानका विदेशमन्त्री तारो कोनो आज नेपाल आउँदै

जापानका विदेशमन्त्री तारो कोनो आज नेपाल आउँदै

काठमाडौं- जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन् ।

परराष्ट्र मन्त्रालयले जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउन जनाएको छ । मन्त्रालयका अनुसार, भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ ।

जापानले नेपालीका लागि रोजगारी खुला गरेकाले यसका प्रक्रियागत समस्या निरुपणलगायत विषयमा दुई देशका परराष्ट्रमन्त्रीबीच छलफल हुने मन्त्रालयले जनाएको छ ।

त्यस्तै, नेपाल र जापानबीच हवाई सेवा सम्झौता गर्ने तयारी पनि छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उनका समकक्षी कोनोबीच बुधाबार अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ ।

नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रबद्र्धनसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण समेत निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्