बुधबारदेखि अनसन बस्ने डा‌.केसीको चेतावनी

बुधबारदेखि अनसन बस्ने डा‌.केसीको चेतावनी
Dr. Govinda KC Photo: THT File

काठमाडौं – डा गोविन्द केसीले आफूसँग भएका पूर्व सम्झौताहरु कार्यान्वयन गर्नको लागि अल्टिमेटम दिएका छन् । उनले सरकारले बुधबार ४ बजेसम्म सम्झौता कार्यान्वयन नगरे फेरि अनसन सुरु गर्ने चेतावनी दिएका हुन् ।

सरकारले सम्झौता अनुसार काम नगरेको भन्दै आफ्नो १६औँ अनसन शुरु गर्नका लागि इलाम आएका डाक्टर गोबिन्द केसीले बुधबार संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुझाउने प्रतिवेदन हेरेर सत्याग्रह शुरु गर्ने वा नगर्ने निर्णय गर्ने बताए।केसीले पत्रकारहरुसँग कुरा गर्दै चिकित्सा शिक्षा ऐनमा सहमती भएका २२ बुँदा समितिले थप गरेर संसदमा नपठाए साँझ देखि सत्याग्रह शुरु गर्ने प्रष्ट पारे।

मंगलबार इलाममा पत्रकार भेटघाटमा बोल्दै केसीले विगतका सम्झौताहरु अक्षरसः पालना नगरे बुधबारदेखि नै १६ औं सत्याग्रह सुरु गर्ने चेतावनी दिए । सत्याग्रह स्थल जहाँ सुकै पनि हुनसक्ने केसीको भनाई उद्दृत गर्दै नेपाल पत्रकार महासंघ प्रदेश १ का उपाध्यक्ष सोम सुसेलीले जनाए ।

केसीले उपसमितिले माफियामुखी विधेयक पठाएको आरोप लगाए । यसअघी अनशन शुरु गर्न इलाम आएका डा गोविन्द केसीले पौस २५ सम्मलाई माग सम्बोधन गर्न समय दिदै सत्याग्रहको कार्यक्रम स्थगन गरेका थिए । उनी गत मंगलबार सत्याग्रहका लागि इलाम आएका थिए । उनी समय सिमा सकिनु एक दिन अघि इलाम आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.