विद्यालयमा पढाउन छाडेर ‘राजनीति गर्ने शिक्षक’ पक्राउ

विद्यालयमा पढाउन छाडेर ‘राजनीति गर्ने शिक्षक’ पक्राउ

पुष , २४ रोल्पा । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट शिक्षक संगठन रोल्पाका सचिव भुपबहादुर केसीलाई पक्राउ गरेको छ । सल्लीबोट आधारभुत विद्यालय रोल्पा नपा–१ मा अध्यापन गराइरहेका शिक्षक केसीलाई प्रहरीले आइतबार विद्यालयबाटै पक्राउ गरेको हो ।

शिक्षक भएर पढाउने भन्दा राजनीति बढी गरेको र अरुलाई धम्क्याउँदै हिँडेको गुनासोका आधारमा सोधपुछका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका डीएसपी दिपक खड्काले बताए ।विद्यालयका प्रधानाध्यापक उदय महराका अनुसार विद्यालयमा पढाइरहेका शिक्षक केसीलाई सादा पोसाकमा आएका प्रहरीले सोधपुछ गर्नु छ भन्दै पक्राउ गरेका थिए । महराका अनुसार विद्यालय पोसाकमै शिक्षक केसीलाई गिरफ्तार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.