नेपाल आयल नियमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

नेपाल आयल नियमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

काठमाडाैं – नेपाल आयल नियमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन्। मन्त्रीपरिषदको सोमबारको बैठकले उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक (जिएम) पौडेललाई कार्यकारी निर्देशक नियुक्त गरेको हो।

इन्धन भण्डारका लागि जग्गा खरिद अनियमिततामा मुछिएपछि नियमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएपछि उक्त पद रिक्त थियो। रिक्त पदमा १८ प्रतिस्पर्धीले आवेदन दिएकोमा उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुरेन्द्र पौडेल, तारानाथ पौडेल अनिलकुमार झाको नाम सिफारीस गरेको थियो। ३ जनामध्ये सुरेन्द्रलाई नियुक्त गरिएको हो। उनको कार्यकाल ४ वर्ष हुनेछ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.