सुदीश निरौला स्मृति साहित्य पुरस्कार – २०७५, पौडेललाई

सुदीश निरौला स्मृति साहित्य पुरस्कार – २०७५, पौडेललाई

पौष २४, काठमाडौं । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले “सुदीश निरौला स्मृति साहित्य पुरस्कार – २०७५ ” को लागि युवा साहित्यकार, अनुवादक, तथा अहिलेका जल्दाबल्दा समालोचक महेश पौडेललाई छनोट गरेको छ । पौडेलले साहित्यका विभिन्न विधा र समालोचनामा गरेको योगदानको कदरस्वरुप सो पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ । पौडेलका विविध विधा तथा अनुवादगरि करिव तीनदर्जनभन्दा बढी कृतिहरु प्रकाशित छन् । सो पुरस्कारको राशी १५ हजार रहेको छ ।
दिवंगत छोरा सुदीशका नाममा निरौला परिवारबाट यो पुरस्कारको स्थापना गरिएको हो । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले यो निर्णय गरेको हो । आगामी माघ ६ गते एक कार्यक्रमका बीच पौडेललाई सो पुरस्कार प्रदान गरिने कार्यक्रम तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.