प्रहरी र सर्वसाधारणले फोहोर उठाउँदै

प्रहरी र सर्वसाधारणले फोहोर उठाउँदै

वीरगञ्ज – कर्मचारी आन्दोलनका कारण सडकमा जथाभावी फोहोर थुप्रिएपछि व्यवस्थिति वीरगञ्ज अभियानका अभियन्ता, प्रहरी र सर्वसाधारणले फोहोर उठाएका हुन् ।

उनीहरुले बिहान सरसफाइ कर्मचारीहरुले जसरी नै सडकमा थुपारिएको फोहोर उठाएर ट्याक्टरमा हालेर गन्तव्यमा पुर्‍याएका हुन् । फोहोर संकलनका लागि भाडाको ट्याक्टर प्रयोग गरिएको थियो ।

स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनमा समर्थन जनाउँदै वीरगञ्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरुले गत बिहीबारदेखि नै फोहोर समेत उठाएका छैनन् । सरसफाइ कर्मचारीहरुले समेत काम ठप्प पारेपछि महानगरपालिका दुर्गन्धित बन्दै गएपछि समुदाय–प्रहरी साझेदारी मार्फत व्यवस्थित वीरगञ्ज अभियानका अभियन्ता, ग्रिनसिटी सामुदायिक लगायतको सक्रियतामा नगरको सरसफाइ गरिएको हो ।

बिहानै हातमा झाडु, साबेल र मुखमा मास्क लगाएर अभियन्ताहरु सडकमा ओर्लिएका थिए । घण्टाघरदेखि मुर्लीचोकसम्म एक टोली र घण्टाघरदेखि दक्षिणतर्फ अर्को टोली गरी दुई टोली बनाएर सरसफाइ गरिएको व्यवस्थित वीरगञ्जका अभियन्ता रियाज अन्सारीले जानकारी दिए ।

‘सरसफाइ कर्मचारीहरु पनि आन्दोलनमा भएका कारण महानगरको मुख्य सडकमा समेत फोहोर थुप्रिएर कुरुप बनेको थियो’ उनले भने ‘फोहोर थुप्रिँदा हामीलाई नै असर गर्ने भएकोले सबै मिलेर सरसफाइ गर्‍यौं ।’

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.