पाँचथरको मिक्लाजुङमा हावाबाट बिजुली झलमल

पाँचथरको मिक्लाजुङमा हावाबाट बिजुली झलमल

पुष,२३ फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ सप्तमी बजारकी धनमाया निरौलाको होटलमा झलमल बत्ती बलेको छ । नियमित बत्ती बल्न थालेपछि राति अबेरसम्म होटलमा काम गर्न सजिलो भएको छ ।सप्तमीबजार झण्डै १०० घरमा केही दिनदेखि नियमित विद्युत् सुविधा पुगेको छ । स्थानीयवासीकै सक्रियता र नेपाल सरकारको सहयोगमा उत्पादित वायु र सौर्य ऊर्जाबाट उत्पादित विद्युत् आयोजनाबाट वर्षौंदेखि अँध्यारोमा बस्दै आएका स्थानीयवासीले उज्यालोको सुविधा पाएका छन् ।

सप्तमी बजारमा वायु र सौर्य प्रणालीबाट विद्युत् उत्पादन गरिएको छ । वायुबाट २० किलोवाट र सौर्य प्रणालीबाट ५० किलोवाट विद्युत् उत्पादन गरिएको हो । उत्पादित विद्युत् पुस महीनाको दोस्रो सातादेखि परीक्षण प्रशारणमा रहेको छ । पुस मसान्तसम्म परीक्षण गरी माघदेखि चौबिसैघण्टा विद्युत् प्रसारण गरिने सप्तमी वायु तथा सौर्य ऊर्जा मिनीग्रिड उपभोक्ता समितिले जनाएको छ ।उपभोक्ताको आम भेलाबाटको सहमतिमा समितिले विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणको महसुल दर भन्दा केही सस्तो हुने अध्यक्ष आङ्देम्बेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.