स्याङ्जा वालिङमा सातौं वालिङ महोत्सव हुने

स्याङ्जा वालिङमा सातौं वालिङ महोत्सव हुने

स्याङ्जा — जिल्लाकै ठूलो व्यापारिक केन्द्र वालिङमा सातौं वालिङ महोत्सव हुने भएको छ । गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि, पर्यटन, सांस्कृतिक एवं व्यापार मेला आगामी माघ १७ देखि २८ गतेसम्म हुने आयोजकले बताएका छन् ।

‘हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ हरेक २/२ वर्षको अन्तरमा वालिङ उद्योग वाणिज्य संघले महोत्सवको आयोजना गर्दै आएको छ ।

वालिङ–८ खेलमैदानमा हुने स्थानीय सरकार आएपछिको यो सातौं महोत्सवमा वालिङ नगरपालिकासमेत यसको आयोजक बनेको छ । महोत्सव सञ्चालनका लागि १ महिना समय रहँदा संघले मंगलबार आफ्नै सचिवालयमा पत्रकार सम्मेलन गरी महोत्सव गरिने औपचारिक जानकारी गराएको हो ।

संघका अध्यक्ष एवं आयोजक मूलसमिति संयोजक शोभाकान्त पौडेलले भने, ‘वालिङ महोत्सव समग्र जिल्लावासीको गौरव र पहिचान हो ।’ बालकदेखि वृद्धसम्मलाई लक्षित गर्दै महोत्सव आयोजना गरिएको भन्दै महोत्सवले स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्नुका साथै व्यवसायीहरूलाई प्रोत्साहन गर्ने बताउँदै १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा १५ करोड रुपैयाँभन्दा बढीको व्यापारिक कारोबार गर्दै ५ लाखभन्दा बढी दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.