बिर्तामोडमा अन्तरराष्ट्रियस्तरको व्यापार महोत्सव आयोजना हुने

बिर्तामोडमा अन्तरराष्ट्रियस्तरको व्यापार महोत्सव आयोजना हुने

भद्रपुर । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडमा अन्तरराष्ट्रियस्तरको व्यापार महोत्सवको आयोजना हुने भएको छ । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा आगामी माघ ११ देखि २३ गतेसम्म हुने बिर्तामोड ‘अन्तरराष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०७५’लाई झापामा अहिलेसम्म हुँदै आएकामध्ये सबैभन्दा बृहत् र व्यवस्थित बनाउने तयारी गरिए आयोजकले बताएको छ ।

संघका अध्यक्ष कुमार भट्टराईले महोत्सवमा भारत, बंगलादेश र पाकिस्तानका कक्ष रहने र चीन तथा थाइल्याण्डका व्यवसायीसँग कक्ष राख्नेबारे कुराकानी भइरहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्