अनुगमनको क्रममा मेयर साहको ४८ घण्टे चेतावनी

अनुगमनको क्रममा मेयर साहको ४८ घण्टे चेतावनी

जनकपुरधाम । जनकपुरधाम उप–महानगरपालिकाका मेयर लाल किशोर साहले शहरी विकास मन्त्रालयले जनकपुरधाममा गरि रहेको विकास निर्माणको कार्यको अनुगमन गरेका छन्। वडा नं. ११ मिल्स एरिया अनुगमनको क्रममा बनाइएको चेम्वरहरु लथालिङ्ग र पानीको निकास समेत गर्न मेयर साहले सम्वन्धित निकायलाई ४८ घण्टा भित्र सुचारु गर्न चेतावनी दिएका छन्।

भूमिगत नालाहरुको बीचमा बनाइएको चेम्वरहरु भत्किएको त कहि टुटफुट भएको पाइएको छ। घरहरुबाट बग्ने पानी सडकमा आएर जाम हुने तथा त्यो पानीको निकास हुन नसकेको पाइएको छ।

अनुगमन गर्दै मेयर साहले पाएका त्रुटिहरुलाई जतिसक्दो छिटो पार्न र चेम्वरहरुमा खसेको इट, बालुवा लगायतका सामग्री निकालेर पानीको निकास दिन सम्वन्धित निकायलाई ४८ घण्टामा गरेर आम जनतालाई राहत दिन भनेका छन्।

प्रतिक्रिया दिनुहोस्