त्रिविमा नयाँ विषय थपिँदै

त्रिविमा नयाँ विषय थपिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले अध्ययनबिना नै नयाँ विषय थप्दै जाने प्रवृत्तिका कारण विगतमा स्थापित महत्वपूर्ण विषयमा विद्यार्थी घट्दै गएका छन्। विश्वविद्यालयका पदाधिकारीले लहडमै नयाँ विषयका विभाग खोल्ने र प्रमुख हुने उद्देश्यले नयाँ विषय थप्दै जाँदा पुराना विषयमा विद्यार्थी सुक्दै गएको प्राध्यापकले नै औंल्याएका छन्।

२०१७ सालमा त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर कक्षा सञ्चालनमा आउँदा सुरुमा स्थापित विषय इतिहासमा हाल आएर किन विद्यार्थी सुके भन्ने प्रश्न गर्दै मानविकी संकायका पूर्वडिन त्रिरत्न मानान्धरले विश्वविद्यालयका पदाधिकारीले बिना अध्ययन अनुसन्धान नयाँ विषय थप्दै जानु र ती विषयका विभाग खडा गरेर प्रमुख पद खानु नै रहेको बताए ।

मानविकी तथा समाजशास्त्र विश्वविद्यालयकै सबैभन्दा ठूलो संकाय हो। यो संकायमा २२ विभाग छन् तर पदाधिकारीले भएकै विषयलाई समयको मागअनुसार परिमार्जन नगरी, नयाँ विषयको आवश्यकता अध्ययनसमेत नगरी विषय थप्दै गएकाले मानविकीका पूरै विषयमा विद्यार्थी संख्या शून्य हुँदै गएको मानन्धरले बताए।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.