सञ्चारमन्त्रीका शर्त मान्न तयार छौं: चिनियाँ ठेकेदार

सञ्चारमन्त्रीका शर्त मान्न तयार छौं: चिनियाँ ठेकेदार

काठमाडौं । नेपाल टेलिकमको फोरजी सेवा विस्तार परियोजना टेण्डर पारेको चिनियाँ कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको शर्त मानेर एक वर्षभित्र फोरजी विस्तार गरिसक्न सहमति जनाएको छ ।

ठेक्का सम्झौता गर्नुअघि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमलाई कडा शर्त सहित १८ बुँदे निर्देशन कार्यान्वनयका लागि पठाएका थिए ।

मन्त्रालयले पठाएको शर्तमा फोरजी परियोजना एक वर्षभित्र सम्पन्न गर्ने शर्तनामा गरेमात्रै ठेक्का दिन निर्देशन थियो । यसअघि १५ देखि ३३ महिना लाग्ने भनिए पनि मन्त्री बास्कोटाले १२ महिनाको शर्त राखेकोमा विज्ञहरुले उनको शर्तलाई अव्यवहारिक र दुस्साहसीसमेत भनेर टिप्पणी गरेका थिए ।

तर, मन्त्री बास्कोटाको शर्तबमोजिम चिनियाँ ठेकेदार कम्पनी हुवावे र हुवावेको सहायक कम्पनी चाइना कमसर्भिसले १२ महिनाभित्र फोरजीको काम सम्पन्न गर्न सकिने जवाफ टेलिकमलाई पठाएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्