बर्दिया । बाँसगढी महोत्सवले बर्दिया जिल्लाको विशेषता, मौलिकता, पहिचान र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार र पहिचान गराउने महोत्सव मुल आयोजक समितिका संयोजक रामसिंह थारुले बताए ।
थारु संस्कृति र रहन सहनहरु लोप हुँदै गईरहेको अवस्थामा थारु संस्कृतिको जगेर्ना गर्दै पर्यटन प्रवद्र्धनमा महोत्सवले विशेष भूमिका खेल्ने मेला सम्पादन समिति संयोजक थारुको भनाइ छ । स्थानिय स्तरमा आयोजना हुने यस्ता मेला तथा प्रर्दशनीले उत्पादक तथा उपभोक्ता बीच प्रत्यक्ष सम्बन्ध गाँसी औद्योगीक तथा व्यापारी चहल पहल बढाई सम्रग आर्थिक क्षेत्र फस्टाउने आयोजकको दाबी छ ।
“कृषि, पर्यटन,उद्योग, व्यापार तथा संस्कृतिको संस्कृतिको पहिचान, विकास र समृद्धिमा हामी सबैको अभियान” भन्ने मुल नारा सहित पौष २७ गतेदेखि माघ ८ गते सम्म वाईवाई तेस्रो बाँसगढी औद्योगिक, कृषि, पर्यटन, व्यापार एवं बर्दिया माघ महोत्सव सञ्चालन हुँदै छ । बाँसगढी उद्योग वाणिज्य संघको मुख्य आयोजना र सि.जि फुड्स इन्टरप्राईजेज लि. बर्दियाको टाईटल प्रयोजनमा महोत्सव सञ्चालन हुन लागेको हो । जिल्लामा रहेको नेपालकै सबैभन्दा लामो कर्णाली कोठियाघाट पुल, ऊँ केद्धारेश्वर धाम, सबै प्रकारका चराचुरुङगी अवलोकनको लागी बहैयाताल, सत्खलुवा सिमसार क्षेत्र, भास ताल, बर्दिया राष्ट्रिय निकुञ्ज, दुर्लभ कृष्णसार, ठाकुरद्वार पर्यटन क्षेत्रले पनि मेलाको विशेष पहिचान र महत्व रहने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्