म्यानपावर व्यवसायी तामाङविरुद्ध १९ करोड ५७ लाख कर छली

म्यानपावर व्यवसायी तामाङविरुद्ध  १९ करोड ५७ लाख कर छली

काठमाडौं । सरकारले म्यानपावर व्यवसायीहरुमाथि कर छलीबारे अनुसन्धान तीव्र पारेको छ । राजश्व अनुसन्धान विभागले पहिलो चरणमै गरेको अनुसन्धानमा एक म्यानपावरले ६ करोड राजश्व छलेको भेटाएको छ ।

शुक्रबार नै विभागले स्काई ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक बलबहादुर तामाङविरुद्ध बिगो र जरिवाना गरी १९ करोड ५७ लाख माग दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । तामाङ वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष हुन् ।

उनको म्यानपावरले ६ करोड ४२ लाख रुपैयाँ कर छली गरेको भेटिएको विभागका महानिर्देशक दिर्घराज मैनालीले अनलाइनखबरलाई जानकारी दिए । स्काई ओभरसिजविरुद्ध १३ करोड ४ लाखको जरिवाना असुल गर्न रिटमा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.