सिरहाबाटअवैध समानसहित दुई युवक पक्राउ

सिरहाबाटअवैध समानसहित दुई युवक पक्राउ

आलोक यादव , पौष २०सिरहा । प्रहरीको टोलीले सिरहाको विभिन्न स्थानबाट करीब रु एक लाख एकतिस हजार आठ सय मूल्य बराबरको अवैध सामानसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा चोरी पैठारी गरिरहेको अवस्थामा अवैध सामानसहित कल्याणपुर नगरपालिका–९ निवासी २४ वर्षीय सन्तोषकुमार यादव र बरियारपट्टी गाउँपालिका–३ निवासी २२ वर्षीय प्रमोदकुमार यादवलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले ३५४ थान लेडिज स्काफ, कालो मरीच १२५ किलो बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय नरहाले दुई टिन खाने तेल, २५ किलो पास्ता तथा प्रहरी चौकी औरहीले मोटरसाइकलसहित ८० लिटर नागाजी खाने तेललगायतका समान बरामद गरि भन्सार कार्यालय बुझाएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन श्रेष्ठ जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.