प्रधानमन्त्रीले भने: चिप्ले किराको गतिमा हिडेकाे मेलम्ची अहिले जापानिज कार जस्तै दौडियो

प्रधानमन्त्रीले भने: चिप्ले किराको गतिमा हिडेकाे मेलम्ची अहिले जापानिज कार जस्तै दौडियो

पुस २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्ची खानेपानी आयोजना जापानी कारझैँ कुदिरहेको बताएका छन्। ललितपुरको बालकुमारीस्थित फोहोरपानी प्रशोधन केन्द्रको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजना तीव्रताका साथ अघि बढिरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले मेलम्ची आयोजना चिल्लो सडकमा जापानी कारदौडिएजस्तो अघि बढिरहेको दाबीसमेतगरे।मेलम्ची खानेपाी आयोजनाले २७ वर्ष चिप्लेकिराको गतिमा हिँड्यो। यो वर्ष त्यसरी हिँड्न पाएन यसले तीव्रता पाएको छु, प्रधानमन्त्रीले भने अहिले मेलम्ची जापानी कार चिल्लो बाटोमा हिँडेजस्तो हिँडेको छ। यसबीचमा तीव्र गति लिएको छ। मेलम्ची आयोजना निर्माण गरिरहेको इटालियन कम्पनी सिएमसीले नै बाँकी काम गर्ने प्रधानमन्त्रीले बताए।

उनीहरू कम्पनीको पनि प्रतिबद्धता छ। कम्पनीको प्रतिष्ठाको कुरा पनि जोडिएको छ, काम हुन्छ भन्नेमा म विस्वस्त छुु, उनले भने। इटालियन कम्पनीले काम छाडेर हिँडे पनि प्रधानमन्त्रीले मेलम्ची आयोजना तीव्र गतिमा अघि बढिरहेको दाबी गरे।मेलम्ची आयोजनामा पछिल्लो समयमा केही अन्योलजस्तो देखिए पनि सरकारले जुनसुकै अवस्थामा पनि अगाडि बढाउने प्रधानमन्त्रीको दाबी थियो। अहिले अन्योल देखिए पनि अन्योल मान्नुपर्ने त्यस्तो कुनै आवश्यकता छैन। जुनसुकनै अवस्थामा पनि यो आयोजना अगाडि बढाउँछौँ, प्रधानमन्त्री ओलीले भने, समयभित्र यो अगाडि बढाउछौँ। हप्ता १५ दिनको तलमाथि होला आयोजना अगाडि बढ्छ। प्रधानमन्त्रीले मेलम्ची खानेपानी आयोजना अगाडि बढ्ने कुरामा ढुक्क रहन आश्वस्त पारे।

प्रतिक्रिया दिनुहोस्