यसरी गरौं हरेक दिनको सुरुवात

यसरी गरौं हरेक दिनको सुरुवात

काठमाण्डौँ । खुसीको प्रभाव

जब हामी खुसी हुन्छौं, हाम्रो सामुन्नेमा आउने हरेक व्यक्तिमा त्यसको प्रभाव पर्छ । हाम्रो श्रीमान्मा, श्रीमतीमा, छोराछोरीमा, आमाबुवामा, साथीभाईमा । यसले मनमा सकारात्मक भाव पैदा गर्छ । यही सकारात्मक भावले उर्जा पैदा गर्छ । त्यसैले खुसी हुनुको स्वास्थ्यसँग गहिरो नाता छ ।

अक्सर खुसी रहने व्यक्ति केही दीर्घरोगको जोखिममा हुँदैनन् । चिन्ता, तनाव, डिप्रेसन, उच्च रक्तचापदेखि मुटुको रोगको जोखिम हुँदैन ।

खुसी हुँदा मानिस सकारात्मक रहन्छन् । सकारात्मक हुनु भनेको दीर्घायु हुनु पनि हो ।

खुसी हामी त्यसबेला रहन्छौं, जब जीवनप्रति आशावादी रहन्छौं । यसले हामीलाई जीवनमा केही गर्न प्रेरित गरिरहन्छ । आशावादी व्यक्तिले हरेक चुनौतीमा पनि अवसर खोज्छन् । यही गुणले उनीहरुलाई अगाडि बढाउँछ ।

लाफ्टर थेरापी

खुसी हुनु अर्थात हाँस्नुलाई उपचारात्मक विधी अन्र्तगत पनि प्रयोग गरिन्छ । यसलाई लाफ्टर थेरापी भनिन्छ । जो व्यक्ति उन्मुक्त हाँस्न सक्छन्, उनीहरु निरोगी हुन्छन् ।

हाँसेको बेला हाम्रो मनमा तनाव हुँदैन । अनुहारको मांसपेसीको व्यायाम हुन्छ । रक्तप्रवाह पनि राम्ररी हुन्छ । शरीरको कोशिकामा पर्याप्त अक्सिजन पुग्छ ।

लाफ्टर थेरापीको माध्यामबाट तनाव र डिप्रेसन जस्ता मानसिक विकार कम हुन्छ । मानसिक विकारको सिधा असर मानिसको प्रतिरक्षा प्रणालीमा पर्छ । त्यसैले उन्मुक्त हाँस्ने व्यक्तिको रोगसँग लड्ने क्षमता पनि बढी हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.