१२ वर्षमै आमा

१२ वर्षमै आमा

काठमाडौं । नेपालमा महिलाले बिहे गर्ने उमेर २० पारी हुन्छ । शिशु जन्माउने त त्यसपछि । तर काठमाडौंको थापाथलीस्थित प्रसूतिगृहमा बुधबार दिउँसो एक १२ वर्षीया बालिकाले शिशु जन्माइन् ।

दिउँसो करिब सवा ३ बजे उनले छोरी जन्माएकी हुन् । शारीरिक अंगहरुको राम्रोसंग विकास नभएको भन्दै उनको शल्यक्रिया गरी शिशु जन्माइएको हो ।

मकवानपुरको बिकट राक्सिराङ गाउँपालिका–३, औलेकी गंगामाया चेपाङले २ किलो ९ सय ग्रामको शिशु जन्माएकी हुन् । उनी र शिशुको स्वास्थ्य समान्य रहेको छ ।

उनी गर्भवती भएको जानकारी पाएपछि एक महिनाअघि उनलाई मकबानपुरबाट झिकाएर प्रधानमन्त्री कार्यालयले थापाथलीस्थित प्रसूतिगृह लगेको थियो ।

उनी राक्सिराङ–३, पलाँसेस्थित सूर्योदय माविमा कक्षा–४ मा पढ्दै थिइन् । तर मामाघर जाने क्रममा कैलाश गाउँपालिकाको भार्ताका कक्षा ३ मा पढ्ने रञ्जितसँग लभ परेपछि २०७४ पुस ८ गते उनीहरुले भागी बिहे गरेका थिए ।

यो घटनाले बालबिबाहमात्र होइन सरकारको योजनालाई समेत ठाडो चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.