थुनामा रहेका रेशम चौधरीले आज शपथ लिँदै

थुनामा रहेका रेशम चौधरीले आज शपथ लिँदै

षुष , १९ काठमाडौं ।सभामुख कृष्णबहादुर महराले कैलाली क्षेत्र नं। १ बाट निर्वाचित राष्ट्रिय जनता पार्टी राजपा नेपालका नेता रेशम चौधरीलाई आज सपथ ग्रहण गराउने कार्यक्रम तय भएको महराका प्रेस संयोजक डिल्ली मल्लले जानकारी गराएका छन् ।

टीकापुर हत्याकाण्डका आरोपी उनी फरार रहेकै अवस्थामा चुनाव लडेर विजयी भएका थिए ।तर, त्यतिबेला निर्वाचन आयोगले उनलाई प्रमाणपत्र दिएको थिएन । प्रमाणपत्र नदिएपछि उनलाई सभामुखले पनि सपथग्रहण गराएका थिएनन् ।पछि उनी जिल्ला अदालत कैलालीमा हाजिर भएपछि प्रहरीले पक्राउ गरी थुनामा राखेको थियो ।

राजपा नेपालले रेशम चौधरीको रिहाई र शपथग्रहणको विषयलाई मुख्य मुद्दा बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्