सिरहा बाट ठूलो मात्रामा मदिरा र भन्सार छलिका समानहर बरामद

सिरहा  बाट ठूलो मात्रामा मदिरा र भन्सार छलिका समानहर बरामद

आलोक यादव पौष १८सिरहा। सिरहामा नेपालबाट भारततर्फ अवैधरूपमा तस्करी भइरहेको अवस्थामा प्रहरीले भगवानपुर–५ स्थित सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा मदिरा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय लहान र प्रहरी चौकी ठाडीको प्रहरी टोलीले भगवानपुर–५ स्थित अभयकुमार यादवको बाँसघारीमा लुकाई छिपाई राखेको अवस्थामा गौरब नामक मदिरा ३९० बोतल, नुरीशसी नामक मदिरा ३०० बोतल, कस्तुरी ३०० बोतल, रोयलस्ट्याक ३० बोतल र गौल्डेन ओक १५ बोतल बरामद गरेको हो ।

यस्तै इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले गोलबजार नगरपालिका–३ स्थित बिष्णुदेव साहको घरमा लुकाई छिपाई राखेको अवस्थामा ८०० लिटर अवैध मदिरा र १ हजार २०० लिटर मदिरा बनाउने कच्चा पदार्थ बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। ।

प्रतिक्रिया दिनुहोस्