राज्यमन्त्री चौधरीद्धारा विद्यार्थी र बिरामीलाई अण्डा तथा फलफूल बितरण

राज्यमन्त्री चौधरीद्धारा विद्यार्थी र बिरामीलाई अण्डा  तथा फलफूल बितरण

पौष १८,  झापा । कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले पोल्ट्री दिवसको अवसरमा हिजो प्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर झापास्थित दमकमा विद्यार्थी र अस्पतालका बिरामीहरुलाईअण्डा तथा फलफूल बितरण गरेकी छन्।

नेपाल सरकारले २०७० साल पौष १७ गते देखि पोल्ट्री दिवस मनाउने घोषणा गरे देखी नै प्रत्येक बर्ष मनाउदै आइरहेको छ । छैटौं राष्ट्रिय पोल्ट्री दिवस मुल आयोजक समिति द्वारा आयोजित कार्यक्रममा सहभागी हुनुपुर्व सरकारी विद्यालयका विद्यार्थी र एडभान्स मल्टि स्पेसियालिस्ट हस्पिटलका सबै बिरामीहरुलाइ मन्त्री चौधरीले अण्डा र फलफुल बितरण गरेकी हुन ।

अण्डा उत्पादक र कुखुरा पालक व्यवसायीहरुले मोटरसाइकल र्याली समेत गरेका थियो । कार्यक्रममा किसान तथा व्यवसायीहरुले मासु र अण्डाको मुल्य निर्धारण हुनुपर्ने र बिधुतमा आफुहरुले केही हद सम्म अनुदान पाउनु पर्ने कुरा राखेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले दूध,अण्डा र मासुमा हामी आत्मनिर्भरको नजिक रहेको बताउदै अन्तरास्ट्रिय मापदण्ड अनुसारको उत्पादनमा जोड दिई अन्तर्राष्ट्रिय बजार सम्म उत्पादन लाई पुर्याउने लक्ष्य रहेकोे विचार व्यक्त गरेकी थिइन् ।मन्त्री चौधरीले कृषि क्षेत्रमा भैइरहेको लगानीलाई सरकारले सुरक्षा दिने बताउदै पोल्ट्री क्षेत्रमा भैइरहेको उत्साहजनक लगानी कृषिको अन्य क्षेत्रमा पनि लगाउनुपर्न बताएकि छिन। कार्यक्रममा पशु बिभागका महानिर्देशक बिमल कुमार निर्मल,१ नं. प्रदेश कृषि मन्त्रालयका सचीव हस्त बहादुर बिष्ट लगायतको उपस्थित रहेको थियो । दमकको नमुना मार्गको नमुना बजारमा ३ दिन सम्म चिकेन फेस्टिबल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.