थाइल्याण्डमा नयाँ वर्षको कार्यक्रममा एक व्यक्तिले आफ्नै परिवारका ६ सदस्यको हत्या गरे

थाइल्याण्डमा नयाँ वर्षको कार्यक्रममा एक व्यक्तिले आफ्नै परिवारका ६ सदस्यको हत्या गरे

पुष , १७ बैङ्कक– थाइल्याण्ड । थाइल्याण्डमा नयाँ वर्षको अवसरमा भइरहेको कार्यक्रममा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली हानेर दुई जना बालबालिका सहित एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।

ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुले मंगलबार जनाएका छन् । चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए ।

अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ । ‘पीडित सवै जना उनकै पारिवारिक सदस्य हुन्, ती मध्ये एकजना उनैका ९ वर्षका छोरा र ६ वर्षकी छोरी पनि रहेका छन्’ एक प्रहरी अधिकारीले भने ।श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ । मारिनेमा अरु २ जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.