मापदण्ड पूरा नगरेका कारण गोलबजारमा चार उद्योगमा सिलबन्दी

मापदण्ड पूरा नगरेका कारण गोलबजारमा चार उद्योगमा सिलबन्दी

 आलोक यादव ,

पौष १७ सिरहा । खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजले प्रशोधित पिउने पानी निर्देशिका २०७४ बमोजिमको मापदण्ड पूरा नगरेका सिरहाका चार उद्योगमा सिलबन्दी गरेको छ ।

घरेलु उद्योग कार्यालय लहान र उपभोक्ता हित संरक्षण मञ्च सिरहाका प्रतिनिधि समेतको सहभागितामा भएको अनुगमनका क्रममा गोलबजार ७ चोहर्वाका इन्दीरा जल, आनन्द जल, गोलबजार ६ का कमलामाई पानी उद्योग र गोलबजार ६ मा रहेको सीता हेल्दी कुलिङ वाटर इण्डष्ट्रिज मापदण्ड विपरित संचालन गरेको पाइएपछि सिलबन्दी गरिएको खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय राजविराजका प्रमुख शुरेस कुमार सिंहले जानकारी दिए । उद्योगहरु मापदण्ड नपुगेको र न्यूनतम सरसफाई समेत नपाईको सिंहले बताए ।

प्रतिक्रिया दिनुहोस्