बागलुङका १५४ बालबालिकामा कुपोषणको समस्या

 बागलुङका १५४ बालबालिकामा कुपोषणको समस्या

बागलुङ । बागलुङमा एक वर्षको अवधिमा १५४ बालबालिकामा कुपोषणको समस्या देखापरेको छ । उमेरअनुसार तौल नभएका, खान नपाएका र खानाको मात्रा नमिलेका कारण बालबालिकामा कुपोषणको समस्या देखापरेको हो । सुआहारा कार्यक्रमले तयार गरको तथ्याङ्कअनुसार कुपोषणको समस्या भएका बालबालिकाको सङ्ख्या अत्यधिक छ ।

कुपोषण समस्या देखापरेका सबै बालबालिकालाई जिल्ला सदरमुकाममा रहेको धौलागिरि अञ्चल अस्पतालको पोषणगृहमा राखेर उपचार गराइएको छ । स्वास्थ्य कार्यालय र सुआहारा कार्यक्रममार्फत आमा र स्वास्थ्यको सुधारमा तोकिएका सूचक राखेर अनुसन्धान गर्दा कुपोषणको समस्या देखापरेको सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर रेशम नेपालीले बताउनुभयो । उपचार गरेका मध्ये बागलुङ नगरपालिकामा नौ जना जोखिमका परेको देखिएको कार्यक्रमका जिल्ला संयोजक चिरञ्जीवी दाहालले बताउनुभयो ।

त्यस्तै गलकोट र ढोरपाटन नगरपालिकामा तीन/तीन, जैमिनी नगरपालिकामा दुई, निसीखोला गाउँपालिकामा छ, तमानखोलामा तीन र बडिगाड गाउँपालिकामा दुई जना कुपोषित छन् ।

प्रतिक्रिया दिनुहोस्