रेडियो सन्देशको बम्पर अफर: बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण

रेडियो सन्देशको बम्पर अफर: बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण

हेटौँडा । सामुदायिक सञ्चार समुहद्वारा सञ्चालित सामुदायिक रेडियो, रेडियो सन्देश १०६.९ मेगाहर्जले आफ्नो शुभारम्भको बिषेश कार्यक्रम तथा निकास साप्ताहिकको १५ औँ वार्षिकोत्सव थाईल्याण्डको बैंककमा गर्ने भएको छ ।

पत्रकार सम्मेलनमा रेडियो सन्देशका अध्यक्ष एवम् निकास साप्ताहिकका प्रकाशक सुनिल खड्काले रेडियो सन्देशले घोषणा गरेको बम्पर अफर अन्र्तगत बिज्ञापनदाताहरुलाई ५ दिन निःशुल्क थाईल्याण्ड भ्रमण गराउने पनि बताउनुभयो ।

रेडियो सन्देशमा बिज्ञापन दिने बिज्ञापनदाताहरुलाई २०७६ बैंसाखमा निशुल्क बिदेश भ्रमण गराउने भनेर रेडियोले यस अघि नैं घोषणा गरेको थियो । तर बिज्ञापनदाताहरुको संङ्ख्या धेरैं भएको कारण २ महिना अघि नैं बिदेश भ्रमण कार्यक्रम राखिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ । यही फागुन २३ गतेदेखी २७ गतेसम्म हुने थाईल्याण्ड भ्रमणका क्रममा रेडियो सन्देश र निकास साप्ताहिकको बिषेश कार्यक्रम पनि हुने अध्यक्ष खड्काले बताउनुभयो ।
थाईल्याण्डमा हुने विशेष कार्यक्रममा रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार समेत दिईने जानकारी दिईएको छ । खड्काले आफ्ना स्वर्गिय पिताको नाउँमा १४ बर्षअघि स्थापना गरेको “रामचन्द्र स्मृति सिर्जनशिल राष्ट्रिय पत्रकारिता पुरस्कार” र वर्ष ब्यक्ति सम्मान समेत विषेश कार्यक्रमकै अवसरमा प्रदान गरिने खड्काले बताउनुभयो ।

कार्यक्रममा रेडियोले शुभारम्भको अवसरमा विज्ञापन दाताको लागि शुरु गरेको निशुल्क विदेश भ्रमणको योजना अन्र्तगत करिब ३ दर्जन विज्ञापनदातालाई समेत निशुल्क थाईल्याण्ड भ्रमणको अवसर प्रदान गर्न लागेको समेत उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.