पहिलो पटक चलचित्रमा एकसाथ देखिदैँ रियल जोडी निश्चल र स्वस्तिमा

पहिलो पटक चलचित्रमा एकसाथ देखिदैँ रियल जोडी निश्चल र स्वस्तिमा

१६ पुष ,काठमाडौँ । निश्चल बस्नेत नेपालका निकै चर्चित निर्देशक हुन् । अझ उनलाई त नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समयमा परिवर्तन ल्याउने निर्देशकको रुपमा पनि हेरिएको छ । उनले चलचित्र लुट बाट नेपाली चलचित्र क्षेत्रलाई अलग्गै पाटोमा लगेका छन् । उनी निर्देशक मात्र नभएर कलाकार, गायक र राम्रो डान्सर पनि हुन् । यतिबेला उनी निकै व्यस्त र डिमाण्डेड कलाकारको रुपमा परिचित भैसकेका छन् । त्यस्तै उनकी श्रीमती स्वस्तिमा खड्का पनि अहिलेकी निकै चर्चित नायिका हुन् ।

निश्चलसँग विवाह गरेपछि उनको करियर पनि निकै राम्रो भएर्को बताउछिँन । त्यतिमात्र नभएर अहिले निर्माता निर्देशक उनलाई लिएर चलचित्र बनाउन मरिहत्ते गर्ने गर्छन् । त्यस्तै रियल लाइफ जोडि निश्चल र स्वस्तिमालाई लिएर चलचित्र बनाउन धेरै निर्माता निर्देशकको लाइन लागेको छ । तर यी दुवैलाई एकसाथ चलचित्रमा ल्याउन कसैले पनि सकेको छैन । केहि म्यूजिक भिडियोमा एकसाथ देखिएका निश्चल र स्वस्तिमा अब पहिलो पटक चलचित्रमा पनि सँगै देखिने भएका छन् ।

निर्देशक हेमराज विसीले यो जोडीलाई लिएर चलचित्र बनाउने भएको छ । चलचित्रको नाम घामट शेरे राखिएको छ । चलचित्रमा महंगो पारिश्रमिकका साथ निश्चल फाइनल भैसकेका छन् भने नायिका स्वस्तिमाले भने चलचित्रमा साइन गरेकी छैनन् । हाल उनी चलचित्र हजार जुनी सम्म को छायांकनको क्रममा उपत्यका बाहिर भएकाले उनीसँग काम नभएको हेमराजले बताएका छन् । स्वस्तिमा काठमाडौँ आउने बित्तिकै उनले चलचित्रमा साइन गर्ने जानकारी आएको छ । अब रियल जोडी चलचित्रमा कत्तिको जम्नेहुन् त्यो भने केहि समयपछि मात्र थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.