लगाएर नधोएका जुत्ता मोजा बेचेर एक मोडलले कमाईन् एक करोड ४२ लाख

लगाएर नधोएका जुत्ता मोजा बेचेर एक मोडलले कमाईन् एक करोड ४२ लाख

पुष , १६ लण्डन । लण्डनमा बसेर एक मोडलले आफूले लगाएको मोजा र जुत्ता बेचेर वर्षको एक लाख पाउन्ड ९एक करोड ४२ लाख रुपैयाँ कमाउँछिन् ।कसैले उनको खुट्टा निकै सुन्दर भएको बताएपछि, रोक्सी साइक्स, ३३ ले यसको वास्तविकता जान्ने सोच बनाइन् ।पहिला लण्डनमै घरजग्गामा लगानी गर्दै आएकी उनले मानिसहरुले उनको खुट्टामा कत्तिको रुची दिन्छन् भनेर इन्स्टाग्राम पेज बनाइन् । एक महिनामा दस हजार बढी फलोअर पुगेपछि उनले आफ्ना ‘फ्यान’ को कुरा सुन्ने निर्णय गरिन् ।‘मैले दुई महिनासम्म लगाएको जुत्ता दुई सय पाउन्ड ९२८ हजार रुपैयाँ पर्छ भने एक दिन लगाएको मोजा २० पाउन्ड ९दुई हजार आठ सय रुपैयाँ० पर्छ,’ उनले भनिन् ।

रोक्सीले त्यसपछि आफ्नो सोसल मिडिया अकाउन्टमा आफूले लगाएका तर नधोएका एक जोर मोजालाई २० पाउन्ड र जुत्तालाई दुई सय पाउन्डमा बेच्न थालिन् ।विगत चार वर्षदेखि यो व्यवसायमा लागिरहेकी रोक्सीले व्यस्त महिनामा आठ हजार पाउन्डसम्म कमाई हुने गरेको बताइन् । रोक्सीले भनिन्, ‘एकजना साथीले मेरो खुट्टा एकदम राम्रो बताएपछि यसलाई देखाउन सोसल मिडियामा अकाउन्ट नै बनाउन मनलाग्यो ।’‘थुप्रै फलोअरले मैले प्रयोग गरेका मोजा र जुत्ता बेच्न आग्रह गरेपछि यसबाट मैले नाफा कमाउन सक्छु भन्ने लाग्यो ।’ ‘सुरुमा मैले मेरो अनुहार देखाइनँ, त्यसकारण मानिसहरु मेरो खुट्टाका लागि मात्र ममाथि रुची देखाइरहेका थिए ।

त्यसकारण यसो गर्न त्यति हिच्किचाइनँ ।’‘जब मैले बिक्रि गर्न सुरु गरेँ तब धेरैले यसमा रुची देखाए । यो देखेर मैले आफ्नो सोचलाई व्यवसायमा नै बदल्ने सोच बनाएँ ।’उनले सोसल मिडियामात्र नभई विभिन्न वेबसाइटमा पनि आफ्नो व्यवसाय बिस्तार गरिन् । उनी भन्छिन्, ‘एउटा वेबसाइटबाट मात्रै पनि एक हप्तामा दुई हजार पाउन्ड कमाउन थालेँ ।’‘चाहे जे सुकै होस्, म यो काममा निरन्तरता लागिरहनेछु । आफ्नो यो कला उनले अन्य मोडललाई पनि सिकाइरहेको बताएकी छिन् । उनी भन्छिन्, ‘यसबाट मैले जसरी पैसा कमाउन थुप्रै मोडललाई तालिम दिन सुरु गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस्