बुधबारदेखि १६औं सत्याग्रह थाल्ने डा. केसीको घोषणा

बुधबारदेखि १६औं सत्याग्रह थाल्ने डा. केसीको घोषणा

पुष , १६काठमाडौं ( डा। गोविन्द केसीले बुधबारदेखि १६औं सत्याग्रह थाल्ने घोषणा गरेका छन् ।विज्ञप्ति जारी गर्दै डा। केसीले सत्याग्रह थाल्ने घोषणा गरेका हुन् । डा। केसीले विगतमा सरकार र आफूबीच भएको सम्झौताबमोजिम चिकित्सा शिक्षा विधेयक नआए सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।

सरकार र प्रा।डा। केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा गत १० साउनमा नौबुँदे सहमति भएको थियो ।सम्झौतामा १० वर्षसम्म उपत्यकामा मेडिकल कलेजको आशयपत्र प्रदान नगरिने, एक विश्वविद्यालयले पाँचभन्दा बढी शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने, प्रमाणपत्र तहमुनिका स्वास्थ्यसम्बन्धी कुनै पनि प्राविधिक कार्यक्रम सञ्चालन नगर्ने तथा हाल चालू रहेका कार्यक्रम पनि ऐन लागू भएको मितिले पाँच वर्षभित्र क्रमशः फेजआउट गर्दै जाने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.