बालुवाटारमा किन ? बोलाए नेकपाका ९ नेतालाई ओली र प्रचण्डले

बालुवाटारमा किन ? बोलाए नेकपाका ९ नेतालाई ओली र प्रचण्डले

पुष , १६,काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को सांगठानिक एकताको काम टुंगो लगाउने प्रस्ताव तयार गर्न गठित कार्यदललाई अध्यक्षद्वय केपी ओली र प्रचण्डले बालुवाटारमा बोलाएका छन् ।कार्यदलले गर्ने जिम्मेवारीबारे निर्देशन दिन उनीहरुलाई आज अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।

स्थायी कमिटीबाट गठित ९ सदस्यीय कार्यदलमा महासचिव विष्णु पौडेल,सचिवालय सदस्य रामबहादुर थापा बादलसहित स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल, योगेश भट्टराई, वर्षमान पुन, बेदुराम भुसाल, रघुवीर महासेठ, सुरेन्द्र पाण्डे र लेखराज भट्ट छन् ।कार्यदलको संयोजक तोकिएको छैन । अध्यक्षहरुले संयोजक तोक्ने वा कार्यदलले नै चुन्नेबारे छलफल भइरहेको स्रोतले जनाएको छ । संगठनात्मक एकतासम्बन्धी समग्र प्रस्ताव तयार गर्ने कार्यदलका सदस्य बेदुराम भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.