‘अबको चार वर्षमा निजगढसम्म रेल आउँछ’: मन्त्री महासेठ

‘अबको चार वर्षमा निजगढसम्म रेल आउँछ’: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले अबको चार वर्षमा निजगढसम्म जसरी पनि नै रेल चलाउने बताएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ४ वर्षसम्म योजनाअनुसार भारतबाट निजगढसम्म रेल सेवा चलाउने बताए ।

हालै ब्रोडगेजमा स्तरोन्नति भएको जनकपुर-जयनगर रेलमार्गमा रेल चलाउने योजना बनिहरेका बेला महासेठले चार वर्षभित्रै निजगढसम्म सो रेल ल्याउने बताए । जनकपुर-जयनगर रेलमार्गलाई तत्कालै बिजलपुरासम्म विस्तार गर्ने योजना सरकारको छ ।

त्यो रेलमार्गलाई हाल निर्माणाधीन लालबन्दी-निजगढ रेलमार्गमा जोड्ने योजनामा सरकारको योजना छ । त्यसपछि निजगढसम्म रेलगाडी चलाने योजना मन्त्रालयको छ ।

हाल जनकपुर-जयनगर रेलमार्गमा चल्ने रेलगाडी किन्न सरकारले प्रक्रिया अघि बढाएको छ । भारत सरकारसँग किन्न लागिएका रेलगाडी कति मूल्यमा किन्ने भन्ने निर्णय आगामी जनवरी १०मा हुने मन्त्री महासेठले बताए ।

‘भारतले अहिले नयाँ रेलगाडी डेलिभर गर्न ४ महिना लाग्छ भनेको छ । हामीले एक महिनाभित्रै दिनुस् भनेका छौं,’ उनले भने,’सकेसम्म छिटो नेपालको आफ्नै रेलगाडी चलाउँछौं ।’

नयाँ रेलगाडी किन्न सरकारले सैद्दान्तिक स्वीकति पनि दिइसकेको भन्दै मन्त्री महासेठले बजेटको अभाव नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.