कर्मचारीको फाइदाका लागि गाउँपालिकाको कार्यालय सदरमुकाममा

कर्मचारीको फाइदाका लागि गाउँपालिकाको कार्यालय सदरमुकाममा

धादिङ । धादिङको विकट पाविल हिमालको फेदमा रहेको रुबीभ्याली गाउँपालिकाको कार्यालय धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा राखिएको छ ।

दुर्गम र विकट क्षेत्रका नागरिकले आफ्नै ठाउँमा सेवा–सुविधा पाउनुपर्ने भएपनि कर्मचारीको फाइदाका लागि गाउँपालिकाको कार्यालय सदरमुकाममा राखिएको बुझिएको छ । आफ्नै ठाउँमा सेवा–सुविधा पाउनुपर्ने स्थानीयवासीले पहिलाजस्तै सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छैन । अझ स्थानीय तहमा राख्ने कार्यालय सदरमुकाममा राख्दा पनि सेवाग्राही आउँदा कार्यालयमा कर्मचारी नभेटिने गरेको सेवाग्राहीको गुनासो छ ।

आइतबार रबीभ्याली गाउँपालिकाको कार्यालय अगाडि सेवाग्राहीको भिडनै लागेपनि कार्यालय नखुलेपछि सामाजिक परिचालकलाई राखेर स्थानीयवासीले नै कार्यालयको ताला काटेका छन् । जन्म दर्ता, विवाह दर्ता, सिफारिसलगायतका सेवा लिन सेवाग्राहीहरु बिहानैदेखि कार्यालयमा आएपनि कर्मचारी नभएपछि कार्यालय अगाडि भिड लागिसकेको थियो ।

धादिङको विकट पाविल हिमालको फेदमा रहेको रुबीभ्याली गाउँपालिका कार्यालय धादिङबेसीको भित्री गल्लीमा राखेर पनि कर्मचारी र जनप्रतिनिधि समेत नभेटिँदा टाढाबाट आएका सेवाग्राही समस्यामा परेका हुन् । उसै त विकट क्षेत्रबाट आएका सेवाग्राही, त्यसमा पनि कार्यालयमा आउँदा समयमै कार्यालय नखुलेपछि उनीहरु आक्रोशित भएका थिए । कार्यालय अगाडि सेवाग्राहीको भिड लागिसक्दा समेत कार्यालय नखुलेपछि गाउँपालिकाका सामाजिक परिचालक राखेर सेवाग्राहीले कार्यालयको ताला काटेर कार्यालय खोलेका थिए । एकजना सामाजिक परिचालक र सेवाग्राही मिलेर कार्यालयको ताला काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.