७० वर्षदेखि बन्द घरको ढोका खोलेर हेर्दा परिवार बने चकित !

७० वर्षदेखि बन्द घरको ढोका खोलेर हेर्दा परिवार बने चकित !

पुष , १५ एजेन्सी। फ्रान्सको राजधानी पेरिसमा ७० वर्षदेखि बन्द घरको ढोका खोल्दा एक परिवार निकै चकित परेको छ । १९३९ मा नाजीहरुले आक्रमण गरेपछि यहाँका धेरै परिवार घर छोडेर भागेका थिए। यसरी भागेकाहरु बाहिरै घरजम गरेर बसे। फेरि आफ्नो घर फर्किने बारेमा सोचेनन्।

दोस्रो विश्वयुद्धपछि उनीहरुले यहाँका घरका बारेमा बिर्सिसकेका थिए। तर, यीमध्येको एक परिवार वर्षौंपछि आफ्नो पुरानो घरमा फर्कियो। जब उनीहरुले घरको ढोका खोले उनीहरु चकित परे। पेरिसकी म्याडम डी फ्लोरियनले जब नाजीको डरले घर छोडेकी थिइन् त्यतिबेला उनी मात्र २३ वर्षकी थिइन्। उनी ज्यान बचाउनको लागि नाजीको डर नभएको ठाउँमा गएर बसिन्।

२०१० मा जब फ्लोरियनको मृत्यु भयो त्यसपछि उनको परिवारले थाहा पाए फ्लोरियनले ७० वर्ष पहिला पेरिसमा छोडेर भागेको आफ्नो घरको भाडा अहिलेसम्म तिर्दै आएकी थिइन् । त्यसपछि उनका परिवार पेरिस आए र घर खोले । घरभित्र निकै मूल्यवान चीजहरु थिए।यहाँ निकै पुराना र ऐतिहासिक सामानहरु थिए जसको मूल्य अहिले करौंडौ भएको थियो। यहाँ निकै मूल्यवान कलाकृतिहरु र हस्तनिर्मित चित्रहरु थिए । फ्लोरियनको परिवारले यो घरका पुराना सामानको लिलामी गरे । लिलामीमा एउटा हस्तनिर्मित पेन्टिङलाई झण्डै ३३ करोड नेपाली रुपैयाँ परेको थियो।

प्रतिक्रिया दिनुहोस्