‘ए’ डिभिजन लिग : १२औँ चरणका खेल भोलिदेखि

‘ए’ डिभिजन लिग : १२औँ चरणका खेल भोलिदेखि

पुष , १५ काठमाडौँ । राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सोमबारदेखि शुरु हुने भएको छ ।१२औँ चरणका खेल भोलि देखि शुरु हुने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ ।

सोमबार र मङ्गलबार तीन,तीन खेल हुने र बुधबार एक खेल हुनेछ । सोमबारको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोसो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । दुवै खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुनेछन् । सोमबार नै हुने तेस्रो खेलमा जाउलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबको समान गर्नेछ । उक्त खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेलमैदानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्