मण्डनदेउपुर नगरपालिका साक्षर नगर घोषणा

मण्डनदेउपुर नगरपालिका साक्षर नगर घोषणा

काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिका साक्षर नगर घोषणा गरिएको छ । यो नगरपालिका जिल्ला कै पहिलो साक्षर नगर तथा स्थानीय तह भएको छ ।

शुक्रबार एक कार्यक्रमका बीच यस नगरलाई साक्षर नगर घोषणा गरिएको हो । नेपाल सरकारका प्रवक्ता, सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा र जिल्ला समन्वय समितिका अध्यक्ष उद्धव केसीले संयुक्त रुपमा नगर प्रमुख टोक बहादुर वाईबालाई नगर साक्षर भएको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै गर्दै मन्त्री बाँस्कोटाले मण्डन देउपुर नमुनाको रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे । युरोपेली मुलुकहरुमा समेत साक्षरता दर ९० प्रतिसम्म नरहेको तथ्य प्रश्तुत गर्दै बाँस्कोटाले शिक्षाको विकासमा भूगोल वाधक नबन्ने र भौगोलिक रुपमा हामीभन्दा विकट जाजरकोटमा पनि युरोपेली केहि मुलुकको भन्दा बढि साक्षरता दर रहेको तथ्यांक प्रस्तुत गरे । ‘हामीमा ईच्छाशक्ति चाहिन्छ, संकल्प चाहिन्छ, सपना पुरा हुदै जान्छ ।’ –उलने भने ।

आजको प्रविधिलाई जनजीविकासँग प्रत्यक्ष जोड्न आवश्यक रहेको भन्दै उनले नगरको शैक्षिक गुणात्मक पाटो अझै दरिलो बनाउन विज्ञान तथा कम्प्युटर प्रयोगशाला बसाउने काम थालिसकेको जानकारी समेत दिए ।

प्रशासकिय अधिकृत मोहन अधिकारीले नगरका ४० भन्दा बढि विद्यालय, सामुदायिक अध्यन केन्द्र, िवभिन्न सामाजिक संघसंस्था, वुद्धिजीवि लगायतको सहयोगकै कारण नगरलाई साक्षर नगर बनाउन सकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.