ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने व्यवस्था

ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने व्यवस्था

काठमाण्डौँ । ऋणमा सरकारले नै ५ प्रतिशत व्याज तिरिदिने व्यवस्था छ। त्यसकारण तपाईंलाई यो ऋणको व्याजदर न्यूनतम ३.३३ देखि ९ प्रतिशतसम्म पर्छ।

यो व्याजदर कति तिर्ने भन्ने कुरा ऋण लिइने बैंकको आधार व्याजदरले तय गर्छ। आधार व्याजदरमा २ जोडेर आउने योगफलमा सरकारले ५ तिरिदिएपछि बाँकी रकम ऋणीले तिर्ने हो।

राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर अहिले ६.३३ प्रतिशत छ। यो सबभन्दा कम दर हो। यसमा २ प्रतिशत जोडेर सरकारले तिरिदिने ५ प्रतिशतको दर घटाउँदा ऋणीलाई ३.३३ प्रतिशत पर्न आउँछ।

यदि आधार व्याजदर १२ प्रतिशत भएका बैंकबाट लिने हो भने २ जोडेर सरकारले तिरिदिने ५ घटाउँदा ९ प्रतिशत व्याज पर्न आउँछ। राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सहुलियत पूर्ण ऋणलाई सही रुपमा परिचालन गर्न सक्ने हो भने जीवनस्तर नै कायापलट हुने बताउँछन्।

बेरोजगार भई समय बर्वादी गर्नुको साटो स्वदेशमा नै व्यवसाय गर्नेगरी योजना बनाई अन्य प्रक्रिया पुर्याएमा सहजै ऋण दिइने श्रेष्ठले बताए।

कसले के व्यवसाय गर्न पाउँछन् यस्तो ऋण?

विभिन्न उद्यम गर्न यस्तो ऋण पाइन्छ। सरकारले यस्तो ऋणलाई ७ किसिमले वर्गीकरण गरेको छ। ऋणको अधिकतम सीमा ३ लाखदेखि ५ करोडसम्मको छ।

कृषि कामलाई अघि बढाउन जो कोहीले ‘व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा’ लिन पाउँछन्।

परियोजनाको आकारअनुसार अधिकतम सीमा ५ करोडसम्म छ। अन्नबाली, फलफूल, तरकारी, पशुपन्छीपालनका लागि यस्तो ऋण पाइन्छ।

सिँचाई तथा सिँचाई उपकरण किन्न, कृषि औजार वा संयन्त्र विकास, वन तथा चरन विकासका लागि ऋण रकम खर्चिन सकिन्छ।

प्रतिक्रिया दिनुहोस्