जापान सरकारले ढोका खुलेको जनाएपछि प्रक्रिया अघि बढाउन संघको आग्रह

जापान सरकारले ढोका खुलेको जनाएपछि प्रक्रिया अघि बढाउन संघको आग्रह

काठमाण्डौँ । जापान सरकारले नेपाली कामदारको माग गरेको छ । बैदेशिक रोजगारीका लागि जापान सरकारले ढोका खुलेको जनाएपछि नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले सरकारी तवरबाट जानकारी आएपछि मात्रै प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

रोजगारीका लागि जापान खुलेको भन्दै केही ब्यक्तिहरुले पासपोर्ट संकलन र रकम उठाउन थालेपछि संघले होसियारी अपनाउन सबैसँग आग्रह गरेको हो। कामदार नठगिउन भन्ने आफुहरुको आग्रह रहेको संघका अध्यक्ष रोहण गुरुङले बताए।

‘जापान सरकारले कामदार ल्याउनका लागि नेपाली कामदार सुचीकृत गरेको हो,’ संघका अध्यक्ष गुरुङद्वारा विज्ञप्तिमा भनिएको छ, ‘जापानमा कामदार पठाउन नेपाल सुचिकृत भएता पनि दुई देश बीच सहमति पत्रमा हस्ताक्षर भएको छैन। अहिले नै आवश्यकता भन्दा बढी चर्चा गर्नु जरुरी देखिदैन ।’

‘नेपाल सरकार र जापान सरकार बीच कामदार लिने दिने विषयमा हस्ताक्षर भइ श्रम रोजगार तथा सामाजिक सुरुक्षा मन्त्रालय द्वार नेपाली कामदार जापन पठाउने प्रक्रिया सम्बन्धी आधिकारिक सुचना जारी नभए सम्म कुनै संस्था वा ब्यक्ति सग जापन रोजगारीको नाममा कुनै पनि कारोबार नगर्नरनगराउन आग्रह गर्दछ,’ संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो। जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो।

गत मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो।

प्रतिक्रिया दिनुहोस्