जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय बन्द

जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालय बन्द

काठमाडौं । मेयर सियाराम कुशवाहले आफू जेलबाट छुटेको खुशीयालीमा नगर क्षेत्रका सरकारी कार्यालय, विद्यालयलगायत बन्द गर्ने निर्णय गरेका छन् । रौतहटको कटहरिया नगरपालिकाका मेयर जेलबाट छुटेको खुशीयालीमा नगरपालिका क्षेत्रभित्र आइतबार सार्वजनिक बिदा दिएका हुन्।

नगरपालिका क प्रशाशकिय अधिकृत उद्धव प्रसाद देवकोटाले शनिबार सूचना सार्वजनिक गर्दै आइतबार बिदा हुने जानकारी दिएका हुन्।

विश्व हिन्दु युवासंघ पर्साका संस्थापक काशी तिवारीको हत्या आरोपमा जेल परेका मेयर कुशवाह शुक्रबार काठमाडौँको डिल्लीबजार कारागारबाट छुटेका थिए।

वैशाख २७ गते काठमाडौँमा पक्राउ परेका मेयर कुशवाहलाई ९ महिना कारागार बसेपछि सर्वोच्च अदालतले सफाई दिएको थियो । उनी शनिबार नेकपाका केन्द्रीय नेताहरु सहित हेलिकोप्टर चढेर गृह नगर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.