थाहा पाइराख्नुस् संसारको सबैभन्दा चिसो शहरका बारेमा

थाहा पाइराख्नुस् संसारको सबैभन्दा चिसो शहरका बारेमा

काठमाण्डौँ । विश्वका तुलनामा नेपालमा प्रविधिको विकास कम भएर होला सानो तिनो जाडो सहन पनि कठिन पर्छ । तर रुसको साइबेरियास्थित नरिल्स्क शहरलाई संसारको सबैभन्दा चिसो शहर मानिन्छ । यहाँका बासिन्दाले दुई महिना (डिसेम्बर–जनवरी) सम्म घामको मुख पनि देख्न पाउँदैनन् । वर्षको तीन सय ६५ दिनमा यहाँ दुई सय ७० दिन बरफ जमिरहेको हुन्छ ।

शहरको सामान्य तापक्रम माइनस १० डिग्री सेल्सियसः

एक लाख ७५ हजार जनसंख्या भएको नारिल्स्क शहरको तापक्रम जाडोयाममा माइनस ६१ डिग्री सेल्सियस पुग्छ, जबकी औसत तापक्रम माइनस १० डिग्री सेल्सियस हुन्छ ।

केहीले भने साइबेरियास्थित याकुत्सलाई योभन्दा पनि चिसो मान्छन् । यहाँ जाडोयाममा तापक्रम माइनस ४१ डिग्री सेल्सियस रहन्छ ।

एक ब्लगर विन्जे मिकलोसका अनुसार वर्षको दुई सय ७० दिन नारिल्स्कमा बरफ जमिरहन्छ । हरेक तेस्रो दिन यहाँका मानिसले हिम आँधीको सामना गर्नुपर्छ ।

रुसको राजधानी मस्कोबाट नारिल्स्क करिब दुई हजार ९ सय किलोमिटर टाढा छ । आर्कटिक वृत्तबाट शहर तीन सय किलोमिटर उत्तरमा छ । यहाँ जानका लागि सडक छैनन् । यहाँ विमान वा डुङ्गामार्फत मात्रै पुग्न सकिन्छ ।

संसारको सबैभन्दा ठूलो निकलको भण्डारः

नारिल्स्क संसारबाट अलिग्गिएको पक्कै छ तर यहाँ सार्वजनिक यातायात, क्याफे, चर्च, बार, आर्ट ग्यालरी र थिएटरसमेत आधुनिक समाजका सबै वस्तु छन् । न्यूयोर्क टाइम्सका अनुसार नारिल्स्कमा संसाको सबैभन्दा ठूलो निकल, प्लाटिनम र प्यालेडियमको भण्डार छ । त्यसकारण यो रुसको सबैभन्दा धनी शहर हो । २८ ग्राम प्यालेडियमको मूल्य एक हजार डलर हो । खनिजलाई निकाल्न र सफा गर्नका लागि एउटै कम्पनी छ –नारिल्स्क निकल । रुसको जिडिपीमा यसको दुई प्रतिशत हिस्सा छ ।

संसारको सबैभन्दा प्रदुषित शहरमध्येको एकः

अत्यधिक मात्रामा उत्खननका कारण नारिल्स्कलाई संसारको सबैभन्दा प्रदुषित शहरमध्ये एक मानिन्छ । नेशनल जियोग्राफिकका अनुसार हावामा सल्फर डाइअक्साइडको मात्रा यतिधेरै छ कि करिब ३० किलोमिटर वरिपरिका वनस्पती नष्ट भएका छन् ।

उत्खननका कारण दाल्दीकन नदीको पानी रातो भएको छ । द टाइम्सका अनुसार पूरा फ्रान्समा जति सल्फर डाइअक्साइट उत्सर्जित हुन्छ नारिल्स्क निकले एक वर्षमा त्यति नै उत्सर्जित गर्छ । शहरमाथि एक डकुमेन्ट्री माइ डेड्ली ब्युटिफूल सिटी बनाउने भिक्टोरिया फायोर भन्छिन्, ‘मानिसहरु कम्पनीबारे केही पनि बोल्न डराउँछन् किनभने उनीहरुको जीवन कम्पनीको सफलतामा नै चलिरहेको छ ।’एजेन्सी ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.