ओखलढुंगामा यो वर्ष धान उत्पादन घट्यो

ओखलढुंगामा यो वर्ष धान उत्पादन घट्यो

ओखलढुंगा । देशभर यो वर्ष धान उत्पादन बढेको तथ्यांक आएको बेला ओखलढुंगामा भने धान उत्पादन घटेको छ । धान रोप्ने समयमा वर्षा नहुनु, रोपेको क्षेत्रमा समेत सिंचाइ नपुगेका कारण जिल्लामा धान उत्पादन घटेको हो ।

धान रोप्ने समयमा कम वर्षाले समयमै पानीको मूल नफुटेपछि सिंचाइ अभावमा धान उत्पादनमा कमी आएको हो ।

गएको वर्षको तुलनामा यसवर्ष प्रतिहेक्टर ०.३ मेट्रिक टन धान कम उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुङगाले जनाएको छ । ओखलढुंगामा धान खेती गरिने ४ हजार ४ सय ३ हेक्टर क्षेत्रफलमध्ये गएको वर्ष ३ हजार पाँच सय २२ हेक्टर क्षेत्रमा धान रोपाइँ गरिएको थियो ।

गएको वर्ष प्रतिहेक्टर ३ मेट्रिक टन धान उत्पादन भएकोमा आर्थिक वर्ष ७५÷७६ मा प्रतिहेक्टर २.७ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख मोहन प्रसाद खतिवडाले बताउनुभयो ।

आर्थिक वर्ष ७५/७६ मा ओखलढुंगामा ९ हजार ५ सय ९.४ मेट्रिक टन धान उत्पादन भएको प्रमुख खतिवडाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.